हुम्ली जनतालाई टेलिफोन समस्या कहिले सम्म ?

आफन्तसँग कुरा गर्न दुई दिन हिंडेर जानु पर्ने, रातभरी जाग्राम बसेर इन्टरनेटमा कुरा गर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागी नेपाल टेलिकमले समयमै पहल गर्न आबश्यक छ ।


  • अशोक भण्डारी

  • हुम्ला जिल्लाको तल्लो क्षेत्रका ४ गाउँपालिकामा २५ दिन देखि टेलिफोन सेवा अबरुद्ध हुँदा स्थानीय सञ्चार सम्पर्क विहीन भएका छन् । हुम्ला जिल्लाको दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली, सर्केगाड गाउँपालिका सहित मुगुको सोरु गाउँपालिकामा समेत केहि दिन देखि टेलिफोन सेवाले काम गर्न छाडेको स्थानीयबासीले जानकारी दिएका छन ।
    नेपाल टेलिकमले हुम्लाका ७ वटै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटता कारण टेलिफोन सेवा प्रभावकारी नभएको दिखिएको छ ।
    हुम्लाको अदानचुली गाउँपालिकामा रहेको श्रीनगर र कालिकामा रहेका दुवै टावर २० असोजबाट सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले पनि हाल काम गरेको छैन ।
    वल्र्डलिंक कम्युनिकेसनले विस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको इन्टरनेट सेवाले केहि महत्वपुर्ण काम भएता पनि अन्य टेलिफोनबाट गर्नु पर्ने काम , आफन्तहरु संग फोन गर्न समस्या भएको अदानचुली गाउँपालिकाका सुचना प्रबिधि अधिकृत सुरेन्द्र फडेराले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिए ।
    चाडवाडका बेला पनि करिब १ महिनादेखि टेलिफोन नभएपछि सवारी सीमा पास, आपतकालीन खाद्यान्न ढुवानी पास, आफन्तजनसँग कुराकानी लगायत गर्न धेरै दिन कुर्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।
    टेलिकमका टावर बिग्रेको १ महिना पुग्न लाग्यो । सरोकारवाला निकायले ध्यान नदिँदा कार्यालयको प्रशासनिक कामदेखि सर्वसाधारणसम्मले हैरानी बेहोर्नु परेको ताँजाकोट गाउँपालिकाका एम.आई.एस अपरेटर बिमल ढकालले जानकारी दिए । उनका अनुसार राति केही समय फोन लाग्ने भएको हुनाले रात भरी फोन गर्नेको लागी कुर्नु परेको बताए ।
    ष्उ प्रबिधिमा लगेको कारण र त्यसमा केही काम गर्न बाँकी रहेको रहेको र सिस्टमा समस्या आएको कारणले गर्दा टेलिफोन सेवा अबरुद्ध भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका कर्णाली प्रदेश हाल नेपालगञ्जका प्राबिधिक प्रमुख शिब खनालले नमस्ते कर्णाली जानकारी दिए । उनका अनुसार नयाँ प्रबिधिमा सिप्ट गरेको हुनाले तथा केहि काम काठमाडौंबाट गर्नु पर्ने भएको हुनाले केहि दिनमा सेवा सुचारु हुने जानकारी दिए ।
    गाउँका बासिन्दाहरू आफन्तसँग कुरा गर्न दुई दिन हिंडेर जानु पर्ने तथा रातभरी जाग्राम बसेर इन्टरनेटमा कुरा गर्नका लागि लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागी नेपाल टेलिकमले समयमै पहल गर्न आबश्यक छ ।

  • १२ कार्तिक २०७७, बुधबार १२:१३ प्रकाशित

  • Nabintech