बाँकेका थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • नमस्ते कर्णाली

  • बुधबार बाँकेका थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार बाँकेमा १६ महिला र २० पुरुष गरी ३६ जनामा कोरोना संक्रमण देखिएको हो । श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा २८ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ८ गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ४० पुगेको छ ।संक्रमितमध्ये ३० जनाको ज्यान गइसकेको छ भने, २ हजार ६७८ जना निको भएर डिस्चार्ज भइसकेका छन । जिल्लामा सक्रिय संक्रमितको संख्या ३३२ पुगेको छ ।

  • १२ कार्तिक २०७७, बुधबार १५:२२ प्रकाशित

  • Nabintech