बिहिबार थप ४३ जनामा कोरोना पुष्टि

  • नमस्ते कर्णाली

  • भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    अस्पतालले बिहिबार दिउँसो ३ः०५ बजे जारी गरेको अद्यावधिक अनुसार बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका १६१ स्वाबको नमुना मध्ये ४३ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

  • १३ कार्तिक २०७७, बिहीबार ०९:५६ प्रकाशित

  • Nabintech