हुम्लाको ताँजाकोट गाउँपालिकाले १६ गतेबाट बिद्यालय खोल्ने

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण लामो समय सम्म सबै शैक्षिक संस्था बन्द भई पढनपाढनमा निकै असर परेको हुदा गाउँपालिकाले बिद्यालय खोल्ने निर्णय गरेको छ ।


  • नमस्ते कर्णाली

  • हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकाले कात्तिक १६ गतेबाट सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कार्तिक १४ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिशाल ढकालले नमस्ते कर्णाली पत्रिकालाइ जानकारी दिएका छन ।


    लामो समय देखी बिद्यालय बन्द रहेकाले अब स्वास्थ्य मापदण्डको पालना गरी गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक÷क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार ०८:२९ प्रकाशित

  • Nabintech