बाँके खजुराका कोरोना संक्रमितको मृत्यु

  • नमस्ते कर्णाली

  • बाँकेमा कोरोना संक्रमणका कारण थप एकको ज्यान गएको छ । कोभिड-१९ का कारण बिरामी भई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार गराइरहेका खजुरा गाँउपालिका ३ वि गाउँका ४० वर्षिय पुरुषको मृत्यु भएको हो ।

    शनिबार बिहान १२ बजे अस्पताल भर्ना भएका ति पुरुषको उपचारकै क्रममा राती ११ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । ति ब्यक्तिको मृत्यु भईसकेपछि आज मात्रै कोरोना संक्रमणको रिपोर्ट आएको केन्द्रले जनाएको छ ।

    उनको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १५ गते अस्पतालमा भर्ना गरी स्वाव संकलन गरीएको थियो । अस्पताल भर्ना भएको केही समयमै मृत्यु भएका ति पुरुषको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको र शवको उचित ब्यवस्थापनकालागि पहल भईरहेको बाँकेका कोरोना फोकस पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    बाँकेमा यो सगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ३२ पुगेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार ११:३३ प्रकाशित

  • Nabintech