हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात

  • नमस्ते कर्णाली

  • आज बिहानै देखि सदरमुकाम सिमकोट लगाएत उच्च वस्तीहरुमा निन्तर हिमपात भैरहेको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिका क्षेत्रमा अत्याधिक जाडो बढेको छ ।

    वर्षकै पहिलो पटक परेको हिउँले सिमकोट र नाम्खा गाउँपालिकाको तापक्रम माइनस ५ भन्दा तल झरेको छ । स्थानियका अनुसार हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको छ ।
    हिउँले जुन भाँडोमा पानी राख्यो त्यही जमेर बरफ भएको छ । खानेपानीको पाइपमै बरफ जमेर पानी नै आउन छोडेको छ ।

  • १ मंसिर २०७७, सोमबार १०:१० प्रकाशित

  • Nabintech