घट्दै ‘घट्ट’ को मोह !

  • नरजन तामाङ, हुम्ला

  • हुम्ला- पछिल्लो समयमा हुम्ला जिल्लाका विभिन्न खोला किनारमा अवस्थित पानी घट्टहरु लोप हुँदै गएका छन् ।

    आधुनिक घट्टको विकाससँगै परम्परगत घट्टहरु पछिल्ला केहि वर्षयता लोप हुँदै गएका हुन् ।

    आधुनिक घट्टहरु विकास भएपछि जिल्लाका अधिकांश खोला किनारमा रहेका परम्परागत घट्टहरु कम भेटिन थालेका छन् ।

    बाबु बाजेको पालादेखि पानी घट्ट सञ्चालन रहेको खार्पुनाथ गाउँपालिका–५ का पौमल सुनार पिसनी र कटनी मिल गाउँमा भित्रिएसँगै घट्टको महत्व घट्दै गएको बताउनुहुन्छ ।

    पानी घट्टमा पिठो पिस्दै महिला

    तीन पुस्तादेखि घट्ट सञ्चालन गर्दै आएको भएपनि अहिले भने गाउँका घट्टमा पीठो पिस्नेको कमी भएको सुनारले सुनाउनुभयो ।

    सुरुका वर्षभन्दा आजभोलि पानी घट्टहरुको संख्या घटेको अदानचुली गाउँपालिका –५ काँखेका स्थानीय पदमराज हमालको अनुभव छ ।

    विगतका वर्ष तुलनामा पानीहरु पछिल्ला समय विस्थापित भएको हमालले बताउनुभयो ।

    हुम्ला जिल्लाका कति पानी घट्ट छन् भन्ने त एकिन तथ्याङ्क छैन तर करिब १ देखि २ सय सम्मको हारहारीमा पानी घट्ट अहिले पनि संचालनमा रहेको अनुमान गरिएको छ ।।

  • ११ मंसिर २०७७, बिहीबार १०:१० प्रकाशित

  • Nabintech