कालिकोटको राँचुलिमा ४ दलित वस्तिमा भिषण आगलागि

अनेरास्ववियू कालिकोटले आगलागीबाट पिडित परिवारलाई राहतको पहल गर्ने भएको छ ।


  • नमस्ते कर्णाली

  • कालिकोट ः कालिकोट जिल्लाको तिलागुफा– ४ राँचुलिको दलित वस्तिमा सनिबार भिषण आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार राँचुलिका चार घरमा आगलागि हुँदा ११ घरधुरि जलेर नष्ट भएका छन । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसार, आज विहान ६ वजेबाट आगो सुरु भएको थियो । स्थानिय एक घरमा चुलोमा बालेको आगोले, घरमा सल्किदा छिमेकिमा रहेका तीन घरमा आगो सल्केर नष्ट भएको थियो । तीन घरमा १० परिवार वस्दै आएको जनाइएको छ । आगोले गोठमा रहेको एक गाई र बाछो मरेको छ । अहिले आगो स्थानियले नियन्त्रणमा लिईसकेका छन । आगलागिबाट मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अनेरास्ववियू कालिकोटले तत्काल राहतको पहल गर्नकोलागी आफुहरु जुटिरहेको अनेरास्ववियू कालिकोटका सचिवालय सदस्य धर्म बहादुर शाहीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिए ।

  • १३ मंसिर २०७७, शनिबार १३:३६ प्रकाशित

  • Nabintech