सोरु गाउँपालिकाले मंसिर १५ बाट बिद्यालय खोल्दै

  • अशोक भण्डारी

  • मुगु जिल्लाको सोरु गाउँपालिकाले मंसिर महिनाको १५ गतेबाट सरकारी तथा गैर सरकारी बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सरकारी तथा गैर सरकारी बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र मल्लले नमस्ते कर्णाली पत्रिकालाइ जानकारी दिनुभएको छ ।
    लामो समय देखी बिद्यालय बन्द रहेकाले अब स्वास्थ्य मापदण्डको पालना गरी गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक÷क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको छ । कोरोना संक्रमित देखापरे पश्चात पुन बिद्यालय बन्द हुने गरी सुचारु गर्ने गाउँपालिकाले एक सुचना जारी गरेको छ ।

  • १३ मंसिर २०७७, शनिबार १६:१२ प्रकाशित

  • Nabintech