नेकपा ओली पक्षले तोक्यो सातै प्रदेशका जनवर्गिय संगठनको इन्चार्ज

  • नमस्ते कर्णाली

  • काठमाडौं, पुष ९

    नेकपाको केपी शर्मा ओली पक्षले सातै प्रदेशका जनवर्गिय संगठनको इन्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशका जनवर्गिय संगठनको इन्चार्ज तोकेको हो ।

    बैठकले प्रदेश–१ मा सुवास नेम्वाङ, प्रदेश–२ मा सत्यनारायण मण्डल, बागमतिमा ईश्वर पोखरेल, बागमति अन्तर्गत उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ । यसैगरी जनसंगठनको इन्चार्जको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिएको जानकारी अध्यक्ष ओलीले जानकारी गराउनु भएको थियो ।

  • ९ पुष २०७७, बिहीबार १७:४५ प्रकाशित

  • Nabintech