नेकपा दाहाल—नेपाल र कांग्रेसका पौडेल समूहद्धारा आन्दोलनको घोषणा

  • नमस्ते कर्णाली

  • काठमाडौँ— संविधान विघटनकाबिरुद्ध नेकपाको दाहाल–नेपाल समूह र कांग्रेसले आन्दोलन गर्ने घोषणा गरेका छन्। बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गगरिएको हो । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाको चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । भेलाले पुस १३, १४ र १५ गते जिल्लाव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसपछि संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन, तेस्रो चरणमा पालिकास्तरीय र चौथोमा वडास्तरमा विरोध कार्यक्रम गर्नुपर्ने निर्णय गरको हो । त्यस्तै नेकपा दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु पुस १० गते बिहान १० बजे माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय गरिएको छ । त्यहाँको प्रदर्शनपछि निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन राखेको छ । नेकपा दाहाल र नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठल् संविधान बिघटनका बिरुद्ध नेपाल बन्दसम्म गर्नेसम्म पनि हुने बैठकमा बताएका छन् । आन्दोलनका कार्यक्रम काठमाडौंमा बढी केन्द्रित हुनेछन् । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको हो ।
    त्यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय गरिएको प्रवक्ता श्रेष्ठले जनाए । नेकपाको दाहाल–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

  • ९ पुष २०७७, बिहीबार १७:५२ प्रकाशित

  • Nabintech