आईपीएलको १३ औँ संस्करण यूएईमा हुन सक्ने

  • नमस्ते कर्णाली

  • इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करण संयुक्त अरब इमिरेट्समा हुन सक्ने भारतीय सञ्चारमाध्मयले जनाएका छन् । यसको लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आउँदो २६ सेप्टेम्बरदेखि ७ नोभेम्बरसम्मको गैरआधिकृत मिति पनि तय गरेको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आउँदो १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने भनिएको टी–२० विश्व कप स्थगित गर्ने घोषणा गरे, जसको सम्भावना बढ्दै गएको छ र त्यसपछि बीसीसीआईले आईपीएलको बारेमा अन्तिम फैसला गर्नेछ ।

    क्रिकइन्फोका अनुसार बीसीसीआईले भारत सरकारलाई पत्र लेखेर प्रतियोगिता यूएईमा गराउने अनुमति मागेको छ । साथै बोर्डले टिमका खेलाडी र अधिकारीहरुको यात्राको लागि आवश्यक अनुमति पनि मागेको बताइएको छ ।

    आईपीएल यो वर्षको गएको २९ मार्चमा हुने तय भएको थियो तर कोरोना भाइरसको प्रकोपका कारण आईपीएल अनिश्चितकालको लागि स्थगित भएको थियो । सेप्टेम्बरमा यूएईमा हुने तय भएको एसिया कप टी–२० पनि स्थगित गरिएको छ ।

    आईसीसीले अक्टोबर–नोभेम्बरमा हुने टी–२० विश्व कप स्थगित गरेको अवस्थामा बीसीसीआईको लागि आईपीएलको आयोजना गर्ने सम्भावना बन्न सक्छ । अस्ट्रेलियाले घोषित गरेको आफ्नो घरेलु सत्रको कार्यक्रममा भारतले विश्व कप अगाडि अस्ट्रेलियामा तीन वटा श्रृङ्खलाको टी–२० खेल्नेछ ।

    शुक्रबारको बीसीसीआईको सर्वाेच्च परिषद्को बैठकमा आईपीएल यूएईमा खेलाउन सकिने सम्भावनामाथि विचार गरिएको थियो । बीसीसीआई अझै पनि आईपीएल भारतमा गराउन चाहन्छ तर भारतमा कोरोना प्रकोप बढ्दै जाँदा यूएईलाई विकल्पमा राखेको हो ।

    बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले जुनमा राज्य सङ्घलाई पत्र लेख्दै बोर्ड यो वर्ष आईपीएल गराउन इच्छुक रहेको र खाली स्टेडियमसहित सबै विकल्प खोजिएको बताएका थिए ।

    यदि १३ औँ संस्करणको आईपीएल यूएईमा भयो भने यो दोस्रो पटक हुनेछ । यसअघि सन् २०१४ मा भारतमा आमचुनावको कारण आईपीएलको पहिलो चरणा यूएईमा आयोजना गरिएको थियो ।

    गएको अप्रिलमा इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले बीसीसीलाई पत्र लेखेर यूएईमा आयोजना गर्न सकिने विकल्प दिएको थियो ।

    गएको १३ जुलाईको फ्रेन्चाइजीको बैठकमा पनि आईपीएल यूएईमा गराउने चर्चा भएको थियो ।

  • ३ श्रावण २०७७, शनिबार १९:१५ प्रकाशित

  • Nabintech