अनेरास्ववियू हुम्ला जिल्ला अधिबेशन कार्तिक २५ गते हुदै

  • नमस्ते कर्णाली

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन हुम्लाको ११ औं जिल्ला अधिबेशन कातिक २५ गते हुने भएको छ । अधिबेशनको तयारी बारे मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको छ । अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हिक्मतजङ खड्काको प्रमुख आथित्यमा र जिल्ला संयोजक गणेश भण्डारीको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको छ ।
    सात वटा गाउँपालिकाको कमिटीबाट तीन तीन जना, माध्यामिक विद्यालय भएको कक्षा आठ देखि १२ कक्षा पठन पाठन हुने विद्यालयबाट एक एक जना अधिबेशनमा ७० जना प्रतिनिधि र त्यति नै संख्यामा स्वयमसेवकको सहभागिता रहने अनेरास्ववियू हुम्लाले जानकारी दिएको छ ।
    अधिबेशनको उद्घाटन कार्यक्रममा सो संगठनका केन्द्रीय अध्यक्ष सुनिता बराल हुम्ला आउन लागेको अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हिक्मतजङ खड्काका जानकारी दिए । त्यसैगरि अधिबेशनले अखिलको नयाँ जिल्ला नेतृत्व पनि चयन गर्नेछ । अधिबेशनले सिमकोट घोषणा पत्र समेत ल्याउने सो विद्यार्थी संगठनले जनाएको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार १८:३८ प्रकाशित

  • Nabintech