अनेरास्ववियू हुम्लाको अध्यक्षमा जयराज सन्ज्याल

  • नमस्ते कर्णाली

  • नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको हुम्ला अध्यक्षमा जयराज सन्ज्याल निर्विरोध निर्वाचित भएका छन ।
    हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा आयोजित अधिवेशनबाट सन्ज्यालको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि निर्वाचित भएको अनेरास्ववियूका निर्वतमान जिल्ला अध्यक्ष गणेश भण्डारीले नमस्ते कर्णाली अनलाईन लाई जानकारी दिए ।

    अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतित्थ्यमा आयोजित ११ औं अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रुपमा कमिटि चयन गरेको हो । निर्वाचित जिल्ला कमिटिमा उपाध्यक्षमा छक्क लामा, सचिवमा अर्जुन शाही, सहसचिवमा हस्त धामी र कोषाध्यक्षमा अनिता परियार निर्विरोध निर्वाचित भएको अनेरास्ववियू हुम्लाले जानकारी दिएको छ ।

     

  • २६ कार्तिक २०७८, शुक्रबार ०७:४७ प्रकाशित

  • Nabintech