पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध कालिकोटमा विरोध

  • नमस्ते कर्णाली

  • पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अनेरास्ववियु र राष्टिय युवा संघ नेपालले कालिकोटले विरोेध प्रदर्शन गरेको छ ।

    प्रदर्शन पछिको कोण सभामा अनेरास्ववियुका जिल्ला अध्यक्ष धर्मबहादुर शाही,युवा संघका अध्यक्ष ज्ञानेन्द्र शाही,विद्यार्थी नेता रबिन्द्र शाही लगएतले देउवा नेतृत्प्रवको दक्षिणपन्थी कठपुतलि सरकारले मुल्यबृदि गरेर जनताको ढाड सेकोको भन्दै फिर्ता लिन चेतावनी दिएका छन ।

    यस्तै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बरालले बिहीबार विज्ञप्ति मार्फत बिरोध गरेकी छन ।

    विज्ञप्तिको पूर्ण पाठ

    नेपाली विद्यार्थीहरुको आशा र भरोषाको धरोहर, राष्ट्रिय स्वाधिनता, न्याय र समानताको पक्षधर एवम् मुलुकको गरिब जनताको जनजिविकाको पक्षमा सदैव क्रियाशील संगठन अनेरास्ववियु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको छ । हामी मुलुकमा व्याप्त विकृति, विसंगति, आर्थिक भ्रष्टाचार एवम् मनपरितन्त्रको विरुद्ध सदैव सम्झौताहिन लडाईमा समाहित हुँदै आएको छौं ।
    आज फेरि परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एल।पी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ । मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण एवम् बोनस र भत्ता वितराणमा बेवास्ता गरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानिलाइ लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आहन गर्दछ । from onlinenweskaber

  • २६ कार्तिक २०७८, शुक्रबार ०८:२८ प्रकाशित

  • Nabintech