स्वर्गिय पत्रकार ऐडीको सम्झनामा हुम्लामा श्रदाञ्जली कार्यक्रम

  • नमस्ते कर्णाली

  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका सदस्य एवं तारकेस्वर आवाजका प्रधान सम्पादक स्वर्गिय नन्द बहादुर ऐडीको सम्झनामा पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले श्रदाञ्जली कार्यक्रम सञ्चालन गरेको छ ।

    सर्केगाड गाउँपालिका वडा नम्वर ८ को फुचा गाउँमा जन्मेर काठमाण्डौँमा पत्रकारीता गर्दै आएका स्वर्गिय ऐडीको सम्झनामा सो कार्यक्रम गरिएको हो । स्वर्गिय पत्रकार ऐडीको मृगौलामा समस्या आएपछि काठमाण्डौँको सुमेरु हस्पिटलमा उपचारका क्रममा मङसिर ४ गते निधन भएको थियो ।

    आर्थिक अवस्था कम्जोरी भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखाको अगुवाईमा केही दिन अघि मात्रै उनको उपचारका लागि जिल्लामा राहत संकलन गर्दा १ लाख २३ हजार ६५ रुपियाँ संकलन गरिएको हो ।

    उक्त रकम स्वर्गिय ऐडीकी पत्नी बविता ऐडीलाई बुझाए पनि उपचार सफल हुन नसक्दा पत्रकार ऐडीको निधन भएको हो । श्रदाजली कार्यक्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावत लगायतका पत्रकारहरुले विहिवार स्वर्गिय ऐडीको फोटोमा माल्यअर्पण गरि श्रदाञ्जली कार्यक्रम मनाइएको हो ।

    ऐडीको निधनले महासंघले गहिरो घाटा व्यहोर्नु परेको छ । दर्गम जिल्लामा जन्मेर पत्रकारीता जगतमा ठूलो योग्दान पुराउदै आएका ऐडीको आत्मको चिरशान्तीको कामनाका साथ गहिरो समवेदना प्रकट गर्दै पत्रकार महासंघ जिल्ला शाखा हुम्ला हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।

  • ९ मंसिर २०७८, बिहीबार २०:५४ प्रकाशित

  • Nabintech