रावल एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै

  • नमस्ते कर्णाली

  • नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशबाट दल रावलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ ।
    रावलले प्रदेश भुगोल खुला वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नु भएको हाृ ।
    ‘प्रदेश र जिल्लाका साथीहरुसँग छलफल भइरहेको छ, छलफलबाट निस्किने निष्कर्षअनुसार पिछडिएको क्षेत्र वा प्रदेशको भूगोल खुलाबाट उम्मेदवारी दिने रावलले नमस्ते कर्णालीलाई जानकारी दिनुभयो ।
    रावल हुम्ला जिल्लाको पार्टी अध्यक्ष रहनु भएको छ । २०७४ को प्रदेश सभा निर्वाचनमा हुम्ला
    (क) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
    कर्णालीलाई मुलधारको राजनीतिमा स्थापित गराउन, पार्टीभित्र पनि कर्णालीलाई मुलधारमा ल्याउन आफ्नो उम्मेदवारी सार्थक रहने रावलले बताउनु भयो ।
    रावलले तीन बर्ष कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री भएर काम गरिसक्नु भएको छ ।
    महाधिवेशनमार्फत प्रदेशको भुगोल खुलाबाट ४ पुरुष र २ महिला गरि ६ जना केन्द्रीय सदस्य चयन गरिनेछ। पिछडिएको क्षेत्रमा पर्ने कर्णालीका ६ वटा जिल्ला, सुदूरपश्चिमका ३ वटा जिल्लाबाट २ पुरुष र १ महिलासहित ३ जना केन्द्रीय सदस्य हुनेछन्।

     

  • १० मंसिर २०७८, शुक्रबार ११:१२ प्रकाशित

  • Nabintech