कांग्रेस कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

  • नमस्ते कर्णाली

  • नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका हुनुभएको छ । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी हुनुभएको हो ।
    शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याउनु भएको थियो । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गर्नु भएको थियो । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
    कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ । देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी हुनुभएको छ भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले जित्नु भएको छ ।

    यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाया कुमारी शाही निर्वाचित हुनु भयको छ ।

  • १९ मंसिर २०७८, आईतवार ०८:४९ प्रकाशित

  • Nabintech