सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

  • नमस्ते कर्णाली

  • कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण भएको छ ।
    २६ गते साझ कर्णाली प्रदेश अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
    चिकित्सकको सल्लाहअनुसार मन्त्री रावललाई उपचारका लागि आजै काठमाडौं पठाइएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर रोकायाले जानकारी दिनु भयो । साथै मन्त्री संग सम्पर्कमा रहनु भएका महानुभावहरुले स्वास्थ्य परिक्षण गराउन र स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन गर्न अनुरोध गरिएको मन्त्रीका स्वकीय सचिब रोकायाले प्रस विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

  • २७ पुष २०७७, सोमबार १४:०४ प्रकाशित

  • Nabintech