नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

  • नमस्ते कर्णाली

  • कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

    पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन वटा नमुनामा एस-जीन टार्गेट नेगेटिभ आएकाले २७ पुसमा हङकङ प्रयोगशालामा पठाइएको थियो । ३ वटै नमुनामा नयाँ प्रकार भरियन्ट  पुष्टि भएको छ ।

    २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।

    तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

     

  • ६ माघ २०७७, मंगलवार ०८:३१ प्रकाशित

  • Nabintech