हिमाली गाउँपालिका बाजुरामा बृक्षारोपण गर्नेलाई चामल बितरण

  • नमस्ते कर्णाली

  • खाद्य सुुरक्षाका लागी वृक्षारोपण कार्यक्रम अन्तरर्गत हिमाली गाउँपालिकामा चामल बितरण गरिएको छ । हिमाली गाउँपालिकाको सहयोगमा वडा नं १ देखि ७ वडा सम्म चालम बिरण गर्न लागीएको हो । एक बोट रोपे बापत ५ केजी चामल दिने गाउँपालिकाको निति अनुरुप प्रत्येक घरधुुरीलाई चामल बितरण गर्न लागीएको हिमाली गाउँपालिकाका नि.प्रमुुख प्रशासकिय अधिकृत जनक बहादुुर शाहीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुु भयो । साथै मंगलबार वडा नं ७ मा १७९ घरधुुरीलाई बितरण गरिएको र क्रमश सबै वडामा बितरण गर्ने समेत जानकारी दिनुु भयो । एक जना व्यक्तले करिब २० वटा बिरुवा सम्म रोप्न सक्ने जनाईएको छ । चामल बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुुर मल्ल तथा गाउँपालिकाका नि.प्रमुुख प्रशासकिय अधिकृत जनक बहादुुर शाही तथा जनप्रतिनिधि कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

  • ७ माघ २०७७, बुधबार १७:२४ प्रकाशित

  • Nabintech