पहिलाे पटक कोरोना संक्रमणबाट हुम्लामा एक जनाकाे मृत्यु

मृत्यु हुनेमा सर्केगार्ड–२ का ५५ वर्षिय पुरुष


  • नमस्ते कर्णाली

  • हुम्लामा पहिलो पटक कोरोना संक्रमणबाट  एकजनाको मृत्यु भएको छ । गएको एकसातादेखि लक्षण सहितको संक्रमण पुष्टि भएका सर्केगार्ड–२ का ५५ वर्षका टोप्ले कामीको ज्यान गएको छ । गएको साता लक्षणसहितको संक्रमण पुष्टि भएका कामीको थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले जानकारी दिए ।

    सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गराइरहेको कामीलाई जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा ज्यान गएको रिप स्वास्थ्य चौकी इन्चार्ज चन्द्रसिंह कार्कीले जानकारी दिए ।

    लामो समयदेखि दम रोग लागेको कामीलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउन लागिएको काकीले जानकारी दिए । ‘हेलिकोप्टरको लागि धेरै प्रयास भयो कार्कीले भने, ‘तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकोप्टर कमम्पनीले आउन नमान्ने र कामीको आर्थिक अवस्था निकै नाजुक भएकाले अन्तिममा घोडाबाट जिल्ला अस्पताल ल्याउन लागिएको थियो ।’

     

  • २० जेष्ठ २०७८, बिहीबार १६:५६ प्रकाशित

  • Nabintech