बाँकेमा १५४ जना काेराना पुष्टि ४० जना डिस्चार्ज

  • नमस्ते कर्णाली

  • बिहीवार  बाँके १५४ जनामा संक्रमण पुष्टि भएको छ भने  ४० जना डिस्चार्ज भएका छन् । २६ जना महिला र १६ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ ।  जिल्लाका तीनवटा प्रयोगशालामा बिहीबार थप १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।भेरी अस्पताल प्रयोगशालामा ३१० नमूना परीक्षण गर्दा १२६ जना, बागेश्वरी ल्याबमा ६५ नमुना परीक्षण गर्दा २५ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५७ नमुना परीक्षण गर्दा ३ जनामा गरि कुल १५४ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेहरुमध्ये ६८ जना बाँकेका छन् । ३० जना महिला र ३८ जना पुरुष गरि जिल्लाका थप ६८ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार ५६६ जनाको पीसीआर परीक्षण भएको छ  कोरोना भाइरस संक्रमणका कारण २४ घण्टामा जिल्ला बाहिरबाट आएका ७ जनाको मृत्यु भएको छ

  • २० जेष्ठ २०७८, बिहीबार १८:२५ प्रकाशित

  • Nabintech