नेकपा एमाले हुम्लाको अध्यक्षमा कल बहादुर हमाल चयन

  • नमस्ते कर्णाली

  • नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा कल बहादुर हमाल सर्वसहमतीबाट चयन हुनु भएको छ ।
    एमाले हुम्लाको ९ गतेबाट जिल्ला अधिवेशन सञ्चालन गरिहेको थियो भने शुक्रबार साँझ जिल्ला अध्यक्ष सहित अन्य पदाधकारी चयन गरेको हो । अध्यक्ष र अन्य पदका आकांक्षी धेरैभएपछि नेतृत्व चयनमा केही सकस भएको थियो । जिल्ला पार्टी अध्यक्षमा कल बहादुर हमाल, उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सह सचिवमा बिमला शाही र  चन्द्र प्रशाद ढकाललाई चयन गरिएको छ ।
    केन्द्रिय स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला जिल्ला इन्चार्ज गोरख बहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षता मण्डलले पाँचौ दिन शुक्रबार साँझ जिल्ला कमिटीको सर्वसहमतीका आधारमा नयाँ नेतृत्वको छनोट गरिएको हो ।
    आकांक्षी धेरैभएपछि नेतृत्व छनोटमा तीन जना केन्द्रिय सदस्यलाई छनोटमा सकश भएको भएपनि शुक्रबार सर्वसहमतीका आधारमा चयन गरिएको हो । जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडा मध्ये लिमी बाहेक अन्य ४३ वडाबाट जिल्ला कमिटी सदस्यहरुको सर्वसहमतीबाट टुंग्याईएको छ ।
    गएको सोमबार शुरु भएको जिल्ला कमिटीको नवौं अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिहरुको आग्रह अनुसार नै सर्वसम्मत रुपमा नयाँ कमिटी निमार्ण गरेको एमाले स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीले बताउनुभयो ।

  • १४ फाल्गुन २०७८, शनिबार १८:०८ प्रकाशित

  • Nabintech