प्रधानमन्त्रीलाई ओलीले भने : चुनाव सार्ने चेष्टा नगर्नुस्

  • नमस्ते कर्णाली

  • सत्ता गठबन्धनका दलहरूबीच महानगर र उपमहानगरको भागबन्डाको विषयमा आजको बैठकमा पनि सहमति हुन सकेको छैन । बैठक सकिए लगत्तै प्रचण्डले आज बेलुकासम्ममा सत्ता गठबन्धनमा सहमति हुने दाबी गरेका छन् ।

    सत्ता गठबन्धनको भागबण्डामा माओवादीले एउटा महानगरको दाबी गरेको छ । अघिल्लो चुनावमा भरतपुर महानगर जितेको माओवादीले यसपालि पनि भरतपुरमै आफ्नो इच्छा देखाएको छ ।

    अघिल्लो चुनावमा जितेको ठाउँमा दिए सजिलो हुने प्रचण्डले पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनमा बताए । ‘भरतपुरै नभइ भएन र रेणु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन,’ उनले भने, ‘६ वटा महानगरमा एउटा त पर्नै नै होला । जुन दिए पनि हुन्छ । काठमाडौँ दिए पनि हुन्छ । तर, रेणुले जिति राखेकोले त्यही भए ठीकै हो भन्ने कुरा त हो । गठबन्धन भइसकेपछि कम्तिमा एउटा त पर्ने नै भयो । जुन सजिलो हुन्छ त्यही भए हुन्छ भन्ने हो । बेलुकासम्म टुंग्याउँछौँ ।’

    तर गठबन्धनमा सहमति नभए जोसँग भएपनि गरेर जाने प्रचण्डले बताए ।

    सत्ता गठबन्धनबीच सहमति हुँदा कांग्रेसले ३ वटा महानगर लिएर बाँकी ३ वटामा माओवादी, एकीकृत समाजवादी र जसपाबीच भागवण्डा हुने प्रचण्डको भनाइ छ ।

    सत्ता गठबन्धनबीच सहमति भएमा काठमाडौं, ललितपुर, र विराटनगर महानगरपालिका कांग्रेसको भागमा पर्ने सम्भावना छ । भरतपुर माओवादीलाई, पोखरामहानगर समाजवादीलाई, र वीरगञ्ज महानगर जनता समाजवादी पार्टीलाई दिएर सहमति गर्न सकिने देखिएको छ ।

    यस्तै उपमहानगरमा धरान, जनकपुर, वुटवल, घोराही, तुत्सीपुर, नेपालगञ्ज, धनगढी कांग्रेसले आफ्नो भागमा राख्ने सम्भावना छ । माओवादीलाई जितपुर सिमरा, जसपालाई कलैया, इटहरी र हेटौँडा भने समाजवादीलाई भाग लगाएर सहमति गर्न सकिने देखिएको छ । उपमेयरहरूमा भने सहमतिकै आधारमा अघि बढ्नु पर्ने देखिएको छ ।

    यस्तो छ सम्भावना

    – महानगर

    नेपाली कांग्रेस

    १. काठमाडौं (उपमेयर समाजवादी) २. ललितपुर (उपमेयर कांग्रेस) ३. विराटनगर (उपमेयर जसपा)

    माओवादी केन्द्र

    १. भरतपुर (उपमेयरसहित सबै वडा कांग्रेस)

    एकीकृत समाजवादी १. पोखरा (उपमेयर कांग्रेस)
    जसपा
    १. वीरगञ्ज (उपमेयर कांग्रेस)

    – उपमहानगरपालिका

    १. धरान (मेयर–कांग्रेस, उपमेयर– समाजवादी र माओवादीबीचको सहमतिमा)
    २. इटहरी (मेयर– समाजवादी, उपमेयर– कांग्रेस)

    ३. जनकपुर (मेयर– कांग्रेस, उपमेयर– जसपा)

    ४. जितपुर सिमरा (मेयर– माओवादी, उपमेयर– कांग्रेस)

    ५. कलैया (मेयर– जसपा, उपमेयर– कांग्रेस)

    ६. हेटौंडा (मेयर– समाजवादी, उपमेयर– कांग्रेस)

    ७. बुटवल (मेयर– कांग्रेस, उपमेयर– समाजवादी)

    ८. घोराही (मेयर– कांग्रेस, उपमेयर– जनमोर्चा र माओवादीको सहमतिमा)

    ९. तुलसीपुर (मेयर– कांग्रेस, उपमेयर– समाजवादी)

    १०. नेपालगञ्ज (मेयर– कांग्रेस, उपमेयर–माओवादी)

    ११. धनगढी (मेयर– कांग्रेस र समाजवादीको सहमतिमा, उपमेयर– मेयर नपाउनेले)

    from onlinekhabar

  • ५ बैशाख २०७९, सोमबार १६:०२ प्रकाशित

  • Nabintech