कोहलपुर नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा न्यौपाने र एसबाट उपमेयरमा वलीले दिए उम्मेदवारी दर्ता

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच चुनावी गठबन्धन भएको छ। कोहलपुरमा दुई पार्टीबीच वडादेखि पालिकासम्म सँगै निर्वाचन लड्ने सहमति भएअनुसार सोमबार उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा माओवादीबाट नरेन्द्र न्यौपाने र उपमेयरमा एकिकृत समाजवादीबाट नारायणी वलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

    कोहलपुरको प्रमुखको उम्मेदवार बनेका न्यौपाने २०७४ सालको निर्वाचनमा पनि प्रमुख पदमा निर्वाचन लडेका थिए । त्यतिबेला उनी पराजित भए । यसपटक पनि उनी नेकपा माओवादी केन्द्रबाट एकल उम्मेदवारको रुपमा सिफारिस भइसकेका थिए । विद्यार्थी राजनीतिबाट उदाएका उनी कोहलपुरमा जनप्रेमी नेताका रुपमा परिचित छन् ।

    दुई पार्टीको सहमतिअनुसार कोहलपुरमा नेकपा माओवादी केन्द्रले मेयर र समाजवादीले उप्रप्रमुख पाउने सहमति भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले बताए ।

    १३ वटा वडामा माओवादी र २ वटा वडामा समाजवादी पार्टीलाई दिने सहमति भएको जानकारी प्राप्त भएको छ । सैद्धान्तिक सहमतिअनुसार १, २, ३, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १५ नम्बर वडामा माओवादी र वडा नम्बर २ र ४ समाजवादीलाई वडाध्यक्ष दिने सहमति भएको थियो

  • १२ बैशाख २०७९, सोमबार १९:२१ प्रकाशित

  • Nabintech