हुम्लामा कतै तालमेल, कतै बेमेल, कतै स्वतन्त्र उम्मेदवारी

  • अशाेक भण्डारी

  • लामो समयको रस्साकस्सी पछि हुम्लामा वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि दलहरूबाट आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
    मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुुसार जिल्लाका सात वटै गाउँपालिकामा शान्तिपूर्ण रूपमा दलका तर्फबाट मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
    अदानचुलीमा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्षमा कर्ण रोकायाको उम्मेदवारी परेको छ । एमालेको तर्फबाट अध्यक्षमा दलबहादुर फडेराको उम्मेदवारी दिएका छन्। स्वतन्त्रबाट उपाध्यक्षमा लोकेन्द्र भण्डारीको उम्मेदवारी परेको छ ।
    उत्तरी नाम्खा गाउँपालिका सत्ता गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कांग्रेसका तर्फबाट तक्दिर लामाको उम्मेदवारी परेको छ ।
    त्यसैगरी, एमालेबाट उपाध्यक्षमा नोरजाङ लामाको मनोनयन दर्ता भएको छ भने अध्यक्षमा स्वतन्त्रबाट सूर्य लामा, माया लामा, कार्मातण्डुप लामाको उम्मेदवारी परेको छ।
    जिल्ला सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकामा गठबन्धन दलको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रबाट विजय भण्डारी र उपाध्यक्षमा कांग्रेसकी सुशिला रोकायाको उम्मेदवारी परेको छ ।

    एमालेबाट अध्यक्षमा महेन्द्रबहादुर शाही र उपाध्यक्ष प्रतिमा लामा, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तीर्थराज रोकाया र उपाध्यक्षमा प्रेमा लामाको उम्मेदवारी परेको छ। अध्यक्ष पदमा स्वतन्त्रबाट नन्दबहादुर शाहीको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा दीपबहादुर सिंहले नाम दर्ता गराएका छन्।
    त्यस्तै, खार्पुनाथ गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर रावल र माओवादी केन्द्रकी लक्ष्मीकुुमारी योगी रावल, एमालेबाट प्रकाशबहादुर शाही र स्वतन्त्रबाट वीरजंग शाहीको उम्मेदवारी परेको छ। त्यसैगरी, उपाध्यक्षमा दल र स्वतन्त्र गरी नौ जनाको उम्मेदवारी परेको छ।

    त्यस्तै, सर्केगार्ड गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा कांग्रेसबाट ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की, एमालेको तर्फबाट अध्यक्षमा ज्ञामी बुमीको उम्मेदवारी परेको छ।

    सर्केगाड गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा मानदेव शाही र अकिल बुढा तथा उपाध्यक्ष ज्योति शाहीको मनोनयन दर्ता भएको छ ।

    चंखेलीमा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका गोविन्द शाही र उपाध्यक्षमा कांग्रेसकी मैना बुढा, वाम समीकरणतर्फ एमालेबाट अध्यक्षमा विमला शाही र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीको उम्मेदवारी परेको छ। अध्यक्षमा स्वतन्त्र प्यारीलाल शाही र उपध्यक्षमा भैरव तामाङले उम्मेदवारी दिएका छन्।
    त्यसैगरी ताँजाकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैशी र उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाको उम्मेदवारी परेको छ। अध्यक्षमा एमालेको अजमल बूढा र उपाध्यक्षमा चन्दादेवी ऐडीको उम्मेदवारी परेको छ।
    अध्यक्षमा स्वतन्त्र गोपाल बुढा र अकवीर खड्का र उपाध्यक्ष तिलक शाहीको मनोनयन दर्ता भएको छ।
    सत्ता साझेदार दलले केन्द्र तथा प्रदेशको चुनावी गठबन्धन गर्ने निर्णय गरे पनि जिल्लाका स्थानीय तहमा त्यो कार्यान्वयन हुन सकेको छैन । दलहरुको आ आफ्नो भागमा अडान राख्दा सत्ता साझेदार दलहरुको बिचमै चुनाबी प्रतिस्पर्धा हुने निसिध जस्तै भएको छ । हुम्लामा चंखेली, अदानचुली र ताँजाकोटमा उपाध्यक्ष समाजवादीलाको भागमा गरेको कर्णाली प्रदेशले निर्णय गरेको थियो तर समाजवादीलृ आफुलाई उपाध्यक्ष नदिएपछि आफै मनोनयन दर्ता गरेको छ । गठबन्धनबीच चुनाबी तालमेलको लामो कसरत गरेको भएपनि सफल हुन नसकेको हो ।

     

  • १३ बैशाख २०७९, मंगलवार ०७:५२ प्रकाशित

  • Nabintech