एमाले कोहलपुरको हाईकमाण्ड चुनावी अभियानमा

  • नमस्ते कर्णाली

  • नेकपा एमालेले स्थानी तह निर्वाचनको चुनावको समय नजिकिएसंगै कोहलपुरमा हाईकमाण्डको दौडलाई तिब्रता दिएको छ । कोहलपुर नगरपालिकाका उम्मेदवार र हाईकमाण्डका नेतहरुको प्रत्यक्ष संलग्नतामा स्थानीहरु संग परिचय गर्ने र जनताका समस्याका बारेमा उम्मेदवारहरुलाई अवगत गराई समाधानका उपाएहरु निकाल्न पनि हाइकमाण्डले निर्देशन दिने गरेको छ ।
    स्थानीयहरुका समस्यालाई सुनेर मेयर उपमेयर र वडाका उम्मेदवारहरुले निर्वाचित पश्चात जनस्तरका समस्याहरुलाई समाधान गर्न सहज हुने भएकाले यस्तो योजना अगाडी सारेको कोहलपुर निर्वाचन परिचालन कमिटीका संयोजक उमेश गुरागाईले बताए । उनले भने यस्ता परिचयात्मक कार्यक्रमले नेताले जनताका समस्या बुझ्ने र जनताले आफ्ना नेता पहिचान गर्ने अवसर हुने ।
    कोहलपुर नगरपालिका वडा नं. ७ र ८ मा उम्मेदवार परिचयात्मक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । वडा नं. ७ का स्थनीहरुले नेकपा एमालेका उम्मेदवारहरुसंग यहाँको विकास प्रेमी नेता नहुदा आफुहरुको जिवन स्तर देखि भौतिक पक्षमा कुनै विकास नदेखिएको गुनासो गरेका छन । उनीहरुले ठग्गा थारुको टिमे विजयी भएको खण्डमा आफ्ना समस्याहरुको समाधान गर्ने बताएका छन ।
    यस्तै वडा नं. ८ गरिएको कार्यक्रममा वडामा पहिला राम्रा बिकासका संकेतहरु देखिएका छन अझै पनि केहि समस्याहरुको समाधान र तिनीहरुको पूर्णरुपमा सम्पन्न गर्नका लगिा अझै जुझारु न्ेतृत्वको आबश्यकता रहेको बताएका छन । अहिले वडा नं. ८ बाट नेकपा एमाले बाट तिलबहादुर खत्रीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । खत्रीले भने यहाँका जनताहरुका समस्या धेरै नरहेको भएता पनि केहि समस्याहरु रहेका छन ति समस्याको समाधानका लागि आफु सधैब तत्पर रहेको बताएका छन । बि.स २०७४ को स्थानीय चुनावमा एमालेका उम्मेदवार रेशम बहादुर खत्रीको नेतृत्वमा यो वडा कोहलपुर नगरपालिकाको उच्च रुपमा विकास भएको वडाको रुपमा परिचित छ ।
    जनताका समस्याहरु समाधन गर्ने उदेश्यले ७८ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले पहिलाको स्थानीय सरकारले आफ्ना ५० बुदे घोषणा पत्र मध्ये करिब ५६ प्रतिशत काम भएको र बाँकी निरन्तरताको क्रममा रहेको मेयर पदका उम्मेदवार खीलप्रसाद भुषालले बताए । भुषालले भने आफुहरु बिकास र जनताको जिबन स्तरलाई सुधारोन्मुख बनाउने योजनाका साथ काम गर्ने र त्यसै अनुसारको घोषणा पत्र निर्माण गरेको जनाएका थिए । यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले बिकास प्रेमी र साच्चै जनताको मर्म अनुरुप काम गर्ने क्यडरहरु जनतामाझ पाठाउदै छौ उहाँहरुलाई जिताएर पठाउने काम जनता जनार्दनको भएको हुदा एमालेका काही पनि जनप्रतिनिधी शासक नभई सेवक भएर काम गर्न तत्पर रहेको हुदा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन समेत अपील गरेका थिए ।

  • १६ बैशाख २०७९, शुक्रबार १०:०१ प्रकाशित

  • Nabintech