हिमाली जिल्ला हुम्लामा चार वडाध्यक्ष र चार वडा सदस्य निर्विरोध

  • नमस्ते कर्णाली

  • हिमाली जिल्ला हुम्लामा ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्य निर्विरोध भएका छन् ।

    नाम्खा गाउँपालिका–६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ र तीन जना वडा सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

    यस्तै गरी खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षमा पनि रंगमती शाहीको एकल उम्मेदवार परेको छ । दलित महिला सदस्यमा दन्तकली सुनार निर्विरोध भएकी छन् ।

    सिमकोट गाउँपालिका–१ को वडाध्यक्षमा गोर्ख लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

  • १७ बैशाख २०७९, शनिबार १६:१६ प्रकाशित

  • Nabintech