“हम्रे लिए जितो और जियो बेटा” प्यारी आमा

  • सरला सुबेदी, कोहलपुर

  • खटियामा पल्टिरहेकी बुढी आमा झिनो आसा अझै मनमा छ कसैले मेरो लागि अनि हामी जस्ताको लागि अझै केही गर्छ कि भन्ने आखिर मानव मन न त हो भन्छन नि सास रहुन्जेल आस हुनु पर्छ ।
    आसन्न बैशाख ३० गते हुने स्थानिय चुनावको दौडानमा कोहलपुर १५ वडाको घरदैलो अभियानमा भेटिएकि एक शताब्दी कटिसकेकी प्यारी अहिरले नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर पदकी उम्मेदवार अस्मिता कुमारी थारु उनको घरदैलो मा पुग्दा प्यारी अहिर सकि नसकी खटियाबाट उठेर आशिर्वाद दिदै भनिन “हम्रे लिए जितो और जियो बेटा“ उनको मनमा छुट्टै उत्साह थियो उनी राम्रो सङ्ग बोल्न सकेकी थिइनन सकिनसकी भन्दै थिइन “ भोट तो हाम सुर्यमै डालि “ यो उत्साह र खुसी प्यारी आमाको मात्र होइन हाम्रो देशमा रहनुभएका सम्पुर्ण आमाबुहाहरुको हो।


    यस्तै मान्छेले जस्तो कर्म गर्छ त्यस्तै फल पाउछ भने झै हो नेकपा एमालेका मेयर पदका उम्मेदवार भुषाल मान्छे खरो स्वभावका होलान तर हाम्रो लागि भगवान हुन् हाम्रा साना साना समस्यामा आएर हाम्रा निम्ति उनी कानुन सङ्ग लडेका छन् हामिलाई अनि हाम्रा घर परिवारमाथी अन्याय पर्दा हामिलाई अन्याय गर्नेसङ्ग न्यायको लागि लडेका छन् त्यसैले हाम्रो लागि नेकपा एमालेका उम्मेदवार बाहेक अरु विकल्प छैन भन्दै खुसी व्यक्त गरेका थिए।
    जनताको घरदैलोमा पुग्दा म लगायत अन्य उम्मेदवारहरु जनताको मनदैलो सम्म पुग्न सकेकोमा भुषालले थप हौसला थपिएको र आफू सर्वहारा बर्गको न्यायको लागि पहिले पनि निरन्तर लागिरहेको र अबका दिनमा पनि प्यारी अहिर जस्ता हजारौ प्यारी आमाहरुको दुखको सारथि बन्ने र आफुले जनताको घरदैलो हुँदै मतदाताको मनको दैलोमा पुगेर गरेका प्रतिबद्धता जुन सुकै हालातमा पूरा गर्ने बताए।

  • २५ बैशाख २०७९, आईतवार ०६:५८ प्रकाशित

  • Nabintech