कोहलपुर ३ का वडाअध्यक्ष रिजालद्वारा पदभार ग्रहण

  • नमस्ते कर्णाली

  • कोहलपुर नगरपालिका वडा नम्वर ३ का नवनिर्वाचित अध्यक्ष माधव रिजाल लगाएत टिमले पदभार ग्रहण गरेका छन । वडा कार्यालयमा एक समारोहको आयोजना गरेर अध्यक्ष रिजाललगायत वडा सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।

    दोस्रो पटक अध्यक्षमा देहोरिएका रिजालले पदभार ग्रहणसँगै वडामा संचालन गर्न बाँकी रहेका योजनाहरु पुरा गर्ने तथा जनताको कामलाई सर्वपरि ठानेर अगाडी बड्ने, जनताका आशा र भरोसा लाई टुट्न नदिई काम गर्ने बताए । कोहलपुर वडा नं ३ लाई नमुना वडा बनाउनको लागी आफु सधै लागी पर्ने बताए ।

  • १० जेष्ठ २०७९, मंगलवार १०:३७ प्रकाशित

  • Nabintech