नेकपा एमाले हुम्लाको निर्वाचन क्षेत्र कमिटीको संयोजक र सहसंयोजक चयन

  • नमस्ते कर्णाली

  • नेकपा एमाले हुम्लाको निर्वाचन क्षेत्र कमिटीको संयोजक र सहसंयोजक चयन गरेको छ । उक्त पार्टीको सुुर्खेतमा चलिरहेको कर्णाली प्रदेश कमिटीको बैठकबाट उनीहरूलाई चयन गरिएको नेकपा एमाले हुम्लाले जानकारी दिएको छ ।
    हुम्ला क नम्बर क्षेत्रको संयोजकमा ज्ञानी बुमी र सहसंयोजकमा सौमती ऐडी र अजय बुढा तथा ख नम्बर प्रदेशमा महेन्द्रबहादुुर शाही संयोजक, छेपाल दोर्जे लामा र प्रकाश सुुनार सहसंयोजकमा चयन गरिएको हो। गत वैशाखमा सम्पन्न उक्त पार्टीको सातै जिल्ला अधिवेशनपछि अन्य निकाय गठन गरे पनि निर्वाचन क्षेत्र भने गठन गर्न सकेको थिएन ।

  • ११ श्रावण २०७९, बुधबार १६:५३ प्रकाशित

  • Nabintech