दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँकेका खेलाडीहरू नेपाल प्रथम

  • नमस्ते कर्णाली

  • दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँके जिल्लाका खेलाडीहरू नेपाल प्रथम भएका छन् ।
    साउन १६ र १७ गते दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँके जिल्लाका खेलाडीहरू नेपाल प्रथम भएको प्रमुख प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो करातेका लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीले बताउनु भयो ।
    प्रमुख प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो करातेका लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीको नेतृत्वमा बाँकेका ३८ जना खेलाडिहरु अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका थिए ।


    दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम, भारत दोस्रो, बंगलादेश तेस्रो स्थान प्राप्त गरेका छन् ।
    यस्तै नेपाल सहित ८ देशका खेलाडिहरु अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका थिए भने जसमा भारत, श्रीलंका, भुटान, बंगलादेश, चिन, थाइल्याण्ड र मलेसिया सहभागिता रहेको थियो ।
    बाँकेबाट करातेका कोच तथा प्रशिक्षक निम प्रकाश खनाल र टिम व्यवस्थापन सागर घर्ति रहेका थिए ।

  • १८ श्रावण २०७९, बुधबार १६:१३ प्रकाशित

  • Nabintech