नेकपा एमाले हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा दल रावल एकल सिफारिस

  • नमस्ते कर्णाली

  • हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा कर्णाली प्रदेश पूर्वमन्त्री एवं सांसद दल रावललाई एकल सिफारिस गरेको छ । समानुपातिकतर्फ धरै नेता सिफारिस हुँदा प्रत्यक्षतर्फ रावल मात्र एकल सिफारिस हुनु भएको हो ।

    सामाजिक क्षेत्रमा लामो समय काम गरेर एक दशकअघि मात्र सक्रिय राजनीतिमा फर्किएका रावल २०७० को संविधानसभा सदस्यको निर्वाचन पनि लड्नु भएको थियो तर, सफल हुन सक्नु भएन । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई कर्णाली प्रदेश सरकारमा सवा तीन बर्ष मन्त्री बनेका रावलले आफ्नो कार्यकालमा गृहजिल्लाका लागि पूर्वाधार लगायत विकासका काम गरेकाले यसपटक हुम्ली जनताले प्रतिनिधिसभामा पठाउने विश्वास व्यक्त गर्नु भएको छ ।

    समानुपातिकतर्फ गोरखबहादुर बोगटी, बिमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो, अजबिर वुढा सिफारिस हुनु भएको छ । त्यस्तै, प्रदेश (क)मा प्रत्येक्षतर्फ दल फडेरा र पुर्णप्रसाद ढकाल सिफारिस भएका छन् भने (ख) बाट छिमिदोर्जे लामा, कमल बोहोरा, डवल रावत, उत्तम लामा सिफारिस हुनु भएको छ ।

  • १९ भाद्र २०७९, आईतवार ०८:५२ प्रकाशित

  • Nabintech