प्रतिनिधिसभा सदस्य छक्क बहादुर लामा एमाले प्रवेश गर्दै

  • नमस्ते कर्णाली

  • सबैलाई छक्क पार्दै स्वतन्त्र तर्फबाट २०७४ को निर्वाचनको परिणाम हात पारेका माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्न लागेका छन् ।

    नेकपा माओवादी केन्द्र भित्र आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा टिकटका लागि हानथाप शुरु भएपछि लामा एमाले प्रवेश गर्न लाग्नु भएको हो ।

    एमाले हुम्लाका नेताहरुसँगको लामो छलफल र परामर्श पछि लामा आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पार्टी प्रवेश गर्ने भएका हुन् ।

    पाँच दलीय सत्ता गठबन्धन भित्र टिकट कसले हात पार्ने भन्ने चर्काचर्की शुरु भएका बेला माओवादी हुम्लामा राम्रो जनमत भएका नेता लामाको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तत्कालीन नेकपा भित्रको विवादमा समेत एमाले अध्यक्ष ओली निकट रहेका लामा अन्तत निर्वाचनको सम्मुखमा आफ्नो टिमसहित एमाले प्रवेश गर्न लागेका हुन् ।

    ‘उहाँ (छक्कबहादुर लामा) जिल्ला पार्टी र केन्द्रको सम्पर्कमै हुनुहुन्थ्यो आज औपचारिक पार्टी प्रवेश गर्ने निर्णय भयो’ एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सह-इन्चर्ज दल फडेराले भने, ‘लामासँगै माओवादीको ठूलो टिमले पार्टी अध्यक्षसामु एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ । nepalbot

  • १७ आश्विन २०७९, सोमबार ११:१७ प्रकाशित

  • Nabintech