कोहलपुर ३ पेलेनचोकको एक घरमा आगलागी

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर ३ पेलेनचोकमा बुधवार साँझ तुल बहादुर बुढाको घरमा विद्युत सट भएर आगलागी भएको छ । जस्ताले बनाएको सो घर आगलागीबाट पूर्ण रुपमा क्षेती भएको छ । उक्त घरमा भाडामा बस्ने गिता परियारका सदस्यहरु भईली खेल्न गएको बेला विद्युत सट भएर आगलागी भएको ३ नम्बर बिट प्रहरी चौकी मदनचोकले जानकारी दिएको छ । उक्त घरमा रहेको लत्ता कपडा, अन्नपात लगायत अन्य घरमा रहेका सामाग्रीहरु जलेर नष्ट भएको बताइएको छ । अन्य क्षतिबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • १० कार्तिक २०७९, बिहीबार २२:२३ प्रकाशित

  • Nabintech