राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटी को प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • राष्ट्रिय युवा संघ  नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटी को प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

    राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटी को प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम दाङ्गको लमहिमा भव्य रुपमा सम्पन्न भएको छ । नेकपा एमाले का पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्य मन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा सङ्गठनका केन्द्रिय उपाध्यक्ष ,केन्द्रिय निर्वाचन आयोग प्रमुख,केन्द्रिय सदस्यहरु प्रदेश कमिटी का सदस्यहरु,जिल्ला अध्यक्षहरु उपस्थिति रहेको लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बमले नमस्ते कर्णालीलाई जानकारी दिए । प्रदेश कमिटीका सदस्यहरुले पद तथा गोपनियताको सपथ पनि लिएका थिए ।

  • १५ फाल्गुन २०७९, सोमबार २०:२२ प्रकाशित

  • Nabintech