रारा बहुमुखी क्याम्पस मुगुको स्ववियु सभापतीमा तामाङ्ग विजयी

  • सनत हमाल

  • मुगुको मध्यपश्चिम विश्वविद्यालय रारा बहुमुखी क्याम्पस मुगुको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट नेविसंघका राज तामाङ विजयी भएका छन् । तामाङले १ सय १७ मत प्राप्त गरी स्ववियु सभापतिमा विजयी भएका हुन् । यस्तै सचिवमा नेविसंघका असल बिक निर्वाचन अगाबै निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल र सपना रावल विजय भएका छन् । रारा बहुमुखी क्याम्पसमा खसेको मत संख्या २ सय ७ थियो जसमा ९ मत बदर भयको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए ।

  • ५ चैत्र २०७९, आईतवार २३:१० प्रकाशित

  • Nabintech