हिमाली गाउँपालिका द्धारा बार्षिक बुलेटिन बिमोचन

  • नमस्ते कर्णाली

  • बाजुराको हिमाली गाउँपालिकाले बिबिध बिषयबस्तु समिटिएको बार्षिक बुलेटिन सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले सो बार्षिक बुलेटिन विमोचन गर्नुभएको हो ।

    “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औधोगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमालीको आधार” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिकाले एक वर्ष भित्र भए गरेका बिबिध बिषयबस्तु बुलेटिनमा समेटिएको छ । गाँउपालिकाको वस्तु स्थिति, भौगोलिक अवस्था, तथ्य र तथ्याङ्क, जनप्रतिनिधिहरुका विचार,बिमर्श,कार्य अनुभव,सुचना जानकारी, बिभिन्न शाखाहले बर्षभरी गरेका कामकार्यहरु, आदी बिषयबस्तु समेटेर बार्षिक बुलेटिन तयार गरेको प्रमुख ,प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयो ।

    पालिका स्वास्थ्य शाखा , शिक्षा शाखा, कृषि विकास शाखा, रोजगार शाखा, पशु शाखा, योजना शाखा, पञ्जिकरण शाखा, प्रशासन शाखा, लेखा शाखा, उधम विकास शाखा तर्फबाट गरेको अहिलेसम्मकै कामकाजको प्रतिबेदन बनाएर बुलेटिन प्राकशन गरेको छ। गाउँपालिका कार्यहरू स्थानीय तहका मान्छेलाई सजिलैसँग हेर्न र देख्न मिल्ने तरिकाले यो बुलेटिन निकालेको मुख्य उदेश्य गाउँपालिकाले जानकारी दिएको छ ।

     

    छोटो समय भएपनि पहिलो पटक बुलेटन निकाल्न सफल भएको बताउदै अध्यक्ष मल्लले अब गाउँपालिकाले गरेको कामहरु चौमासिक रुपमा निरन्तर बुलेटिन निकाल्ने बताउनु बताउनु भयो । पालिका स्थानीयलाई सहज तरिकाले बुझ्न वर्ष भरी गरिरहेका काम हेर्न र थप सुझाव सल्लाह दिनको लागि बुलेटिन निकाल्ने काम भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

    हिमाली बुलेटन विमोचन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल उपाध्यक्ष राजकाला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी वडाका वडा अध्यक्ष पालिका शाखा प्रमुख लगायत पत्रकार सहभागिता रहेको थियो । हिमाली बार्षिक बुलेटिनको सम्पादन,डिजाईन, संकलन छपाई लगाएत सम्पुर्ण जिम्मा नमस्ते कर्णाली मल्टिमिडिया प्रा.लीले लिएको थियो ।

  • २३ असार २०८०, शनिबार १४:२९ प्रकाशित

  • Nabintech