खेलका माध्यम बाट शिक्षा लिदै मुगुका बालबालिका

  • सनत हमाल

  • मुगु शिक्षा आर्जन गर्नको लागी दैनिक किताबका अक्षर मात्र पढेर अन्य बाहीरीए सामाजिक,धार्मिक,आर्थिक  कार्टुन,टिभि,रेडीयो,हेरेर,देखीर, सुनेर ,प्रयोग गरेर शिक्षा लिन सकिन्छ भर्ने उदाहरणमुगुको छाँयानाथ रारा नगरपालिकामा रहेको एक माध्यामिक बिद्यालयमा खेलको माध्यमबाट विधाथिहरुले  लिइरहेको शिक्षाबाट प्रष्ट हुन्छ

    कर्णाली माध्यामिक बिद्यालय टोप्लाका अध्ययनररत बालबालिहरुलाई डेनमार्कमा अध्यानरत त्यहाकाविधाथिहरुले खेलका माध्यामबाट शिक्षा लिन सकुन भनेर पठाएका  खेल सामाग्रीहरु प्रयोग गरेर खेलकोमाध्यामबाट शिक्षा लिई रहेका छन

    डेनमार्कका  बिद्यार्थि साथिहरुले खेल सामाग्री निमार्ण गरी हामीलाई खेलका माध्याम बाट शिक्षा आर्जनगर्नको लागी पठाईएका दर्जन भन्दा बढी खेल सामाग्रीहरुबाट धेरै खेल सिकी सकेका छौं ,ईस्कल,हल्लीचल्ली,क्यास माईफिस,लुडो जस्ता खेलहरुका नियम ,खेलसामाग्री निमार्ण गर्ने तरीका शिकेर खेलकोमाध्यामबाट ज्ञान लिएका छौं हामीहरुले पनि स्थानिय स्रोत साधनबाट बिभिन्न खेलहरुका सामाग्रीहरुबनाएका छौं , बनाएका सामानहरु डेनमार्कगका बिद्यालयमा अध्यानरत साथिहरुलाई पठाउर्ने तयारीमारहेको कक्षा मा अध्यानतर छात्रा पबित्रा बिष्टले बताउनु भयो

    खालि किताब पढेर ज्ञान लिनु भन्दा पनि खेलको माध्यम बाट शिक्षा आजर्न गर्नको लागी डेनमार्गमाअध्ययनरत बिद्यार्थिहरुले निमार्ण गरेर पठाएको धेरै खेलहरु छन , कुनै खेल नाम सुनेका कुनै नाम नसुनेका,नयाँ,नयाँ खेल सामाग्रीहरु आएका छन , हिलो आज बिद्यार्थि भाई वहीनीहरुले खेलहरुको नियम, खेलखेल्र्ने तरीका सिकेका छन खेलको माध्यम बाट धेरै ज्ञान लिएका छन डेनमार्गबाट पठाएका ज्ञामको फलोगर्दै ,मुगुमा पाईर्ने स्थानिय सामाग्रीहरु बाट पनि खेल सामाग्रीहरु निमार्ण गरीरहेका छन हाम्रो बिधालयमाअध्यानरत बिद्यार्थिहरुले निमार्ण गरेका सामाग्री हरु डेनमार्ग पठाउर्ने तयारीमा रहेको खेल शिक्षक सुर्यकुमारी शाही बताउनु हुन्छ

    डेनमार्कमा रहेको डेनमार्क स्कुल लाईफ नामक सस्था मुगुमा रहेको सिडीएस पार्क नामक सस्थाहरुकोसमन्वय सहकार्यमा डुनमार्कका विधाथिले उत्पादन गरेका खेल सामाग्री खेलहरु मुगु पठाउने मुगुकाबिद्यार्थिहरुले बनाएका खेल सामाग्रीहरु डेर्नमार्कमा अध्यानरत बिद्यार्थिहरुलाई पठाउने काम गरिरहेकाछन

    विधाथिहरुले  विश्व परिवेश वुझोस, रचानात्मक सोच बनाओस, मानसिक,शारिरीक,तन्दुरुस्ती होस, नयाँनयाँ कुराको उत्पादन गर्न,कुलतबाट बच्न सकोस विश्वका सबै मानवहरु विच भाइचाराको सम्बन्ध बनाउन  खेल शिक्षाका माध्यमबाट सफल होस भन्ने उदेश्यले  खेल नै संसार भन्ने नाराका साथ नेपाल कै दुर्गमजिल्ला मुगु डेनमार्कका विधार्थी विच खेल आदान प्रदान भैरहेको सिडीएस पार्क मुगुका कायकारी निर्देशकअज बहादुर शाहीले हिमालय टाइम्सलाइ जानकारी गराउनु भयो 

    खेल मात्र होइन खेलका माध्यमबाट दुबै देशका विधाथी विच मितेरी सम्बन्ध कायम भै भविष्यमा ती सम्बन्धप्रगाढ भै सुख दुखका सारथि  भएको देख्ने सपना सिडिएस पार्कले देखेको पनि निर्देशक शाहिले सुनाउनुभयो

    अहिले समाज कल्याण परिषदमा खेल नै संसार परियोजना स्विकृतका लागि प्रकृयामा रहेको कर्णालीमाध्यमिक विधालय टोप्लाका विधाथीहरुको नतिजा पछि अन्य विधालयमा यो कार्यक्रम विस्तार गर्नेयोजना बनाएको पनि निर्देशक शाहिले जानकारी गराउनु भयो

  • १ पुष २०८०, आईतवार १८:४८ प्रकाशित

  • Nabintech