मुगुमा घरदैलोमा पुगेर बन्ध्याकरण सेवा

  • नमस्ते कर्णाली

  • सनत हमाल,मुगु

    जिल्ला अस्पताल मुगुले घरदैलो नै पुगेर बन्धाकरण सेवा सुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिको पहलमा गाउँघरमै पुगेर मुगुमा पुरुषका लागि स्थायी बन्ध्याकरण सेवा सुरु गरिएको हो । अस्पतालले पुसको सुरुवातदेखि नै सेवा सुरु गरेको थियो । अहलिे अभियान निरन्तर चलिरहेको छ । अभियान अन्तर्गत पुस १५ र १६ गते सोरु गाउँपालिकाको नार्थपु र सीप भन्ने ठाउँमा शिविर सञ्चालन गरिएको थियो ।
    त्यहाँ जम्मा १३ जना सेवाग्राहीले सेवा लिए । जस मध्ये ३ जना हुम्ला जिल्लाका रहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालले चार वटै स्थानीय तहमा उक्त सेवा सञ्चालन गरिरहेको छ । एक महिनामा विभिन्न पालिकाका गरेर कुल २३ जनाले सेवा लिएको जिल्ला अस्पताल मुगुका प्रमुख कृष्ण प्रसाद आचार्यले बताए । उनका अनुसार गाउँमै सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।


    स्थायी बन्ध्याकरण्को सेवा नि ःशुल्क प्रदान गरिएको उनले बताए । बन्धाकरण सम्बन्धी जानकारी दिनुका साथै यसका फाइदा र प्रभावकारीताका विषयमा स्थानीयहरुलाई जानकारी दिने गरिएको छ । ‘यो सेवा निःशुल्क भरपर्दो भएपनि धेरै ग्रामीण भेगका मानिसहरूको पहुँचमा छैन । अझैपनि यो सेवाको पहुँचमा नागरिक पुग्न सकेका छैनन्,’ उनले भने, ‘यसको प्रमुख कारण शिक्षा र जनचेतना नै मुख्य कारण देखिएको छ । हामीले जनचेतना फैलाउनुका साथै निःशुल्क सेवासमेत प्रवाह गरिरहेका छौ ।’
    नेपाल सरकारले दिएको निःशुल्क सेवा भरपर्दो, स्वास्थ्यका लागि फाइदाजनक सेवाका विस्तारका लागि समुदाय स्तरमा पुगेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले बताए । गाउँ घरमै पुगेर दिने योजनाका साथ मुगुको चारै वटा स्थानीय तहमा पुगेर घरदैलो सेवा सञ्चालन गरिएको उनले बताए । प्रायः यो सेवा लिन नमान्ने धेरै समय सम्म सम्झाउनुपर्ने अवस्था रहेको चिकित्सकहरु बताउँछन् ।

    अनि पुरुषले लिन चाहने तर महिलाले भने आफ्नो श्रीमानलाई लिन नदिने जस्ता अवरोध सृजना गर्ने घरदेखि सल्लाह गरेर सेवा लिन आएका पुरुषलाई पनि फिर्ता लिन आउने गरेको डा. अर्जुन भामले बताए । बन्ध्याकरण सेवाका लागि घरदैलो सेवामा जाने जिल्ला अस्पताल मुगुको टोली अस्पताल बिकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्ल, जिल्ला अस्पताल प्रमुख डा. कृष्ण प्रसाद आचार्य, डा. अर्जुन भाम, फोकल पर्शन पशुराम नेपाली, नर्सिङ ईन्चार्ज सुनिता शाही, कतबाा लगचकभ ग्याल्जन लामा, लोकराज शाही, सहयोगी मीन कोशा लावड र गोर्ख मल्ल टोली रहेका छन् ।

     

  • २२ पुष २०८०, आईतवार १२:५१ प्रकाशित

  • Nabintech