बाँकेकाे कोहलपुरमा पहिलोपटक प्याब्सन स्थापना दिवस भव्यरुपमा मनाइदैँ

  • नमस्ते कर्णाली

  • कोहलपुर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल,को ३३औं स्थापना दिवस बाँकेमा पनि भव्य रुपमा मनाइने भएको छ । नेपालमा निजी शिक्षालयहरुको स्थापना भएको ३३ वर्ष पुगेको अवसरमा देशभर झैँ बाँकेमा पनि भव्य रुपमा स्थापना दिवस मनाइने भएको हो । प्याब्सन बाँकेको आयोजनामा पुस २४ गते (भोली) कोहलपुरमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसका विषयमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत ३३औं प्याब्सन स्थापना दिवस, शिक्षक सम्मान कार्यक्रम तथा विविध कार्यक्रम मनाउन लागिएको जिल्ला अध्यक्ष यम रावतले जानकारी दिए । उनका अनुसार कोहलपुरस्थित कोहलपुर भ्यु टावरस्थित खुल्ला मैदानमा स्थापना दिवस मनाउन लागिएको हो । दिवसको औपचारिक समारोहको पूर्व तयारी सम्पन्न भइसकेको उनले बताए । दिवसको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्नेछन् । कार्यक्रमको मुख्य आकर्षणका रुपमा प्रमुख अथिति आचार्यको विशेष सम्बोधन रहनेछ । विज्ञान प्रदर्शनी, साँस्कृतिक कार्यक्रम र शिक्षक सम्मान रहेको अध्यक्ष रावतको भनाइ छ । भोली विहान कोहलपुरस्थित पिपल चौताराबाट प्रभातफेरी सुरु हुनेछ । प्रभातफेरी जिल्लाभरका करिब १ सय विद्यालय सहभागी हुनेछन् । प्रभातफेरीमा मुख्य आकर्षकका रुपमा सांस्कृतिक पञ्चेबाजा, मँयूर नाच तथा आयोजक र सहभागी विद्यालय रहनेछन् । त्यसपछि स्थपना दिवसको औपचारिक समारोह सुरु हुनेछ । समारोहलाई नगर प्रमुख आचार्यसहित जिल्ला शिक्षा तथा समन्वय इकाई बाँकेका प्रमुखको मात्रै शुभकामना मन्तव्य रहनेछ । त्यसपछि शिक्षक सम्मान,विज्ञान प्रर्दशनी तथा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम हुने अध्यक्ष रावतले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । प्याब्सन बाँकेमा आवद्ध ११४ विद्यालय मध्ये १ सय भन्दा बढी निजी विद्यालय सहभागी हुनेछन् ।

  • २२ पुष २०८०, आईतवार १९:१६ प्रकाशित

  • Nabintech