कोहलपुरमा वडा वडामा दाउरा वितरण गरिदैँ (फोटो फिचर)

  • नमस्ते कर्णाली

  • कोहलपुरमा वडा वडामा दाउरा वितरण गरिदैँ (फोटो फिचर)

    कोहलपुर : अध्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले दाउरा वितरण सुरु गरेको छ । नगरका १५ वटै वडाका विभिन्न स्थानमा नगर प्रहरीद्धारा दाउरा वितरण भइरहेको छ । नगर प्रहरी प्रमुख वीर बहादुर थापाका अनुसार अध्यधिक चिसो बढेपछि पुस २९ गतेदेखि दाउँरा वितरण सुरु गरिएको थियो । अहिलेसम्म ८९ स्थानमा दाउरा वितरण गरिएको उनले बताए ।

    चिसो झन बढिरहेकोले निरन्तर दाउँरा वितरण गरिरहेको उनले बताए ।‘हामीले तीनदिनदेखि निरन्तर दाउरा वितरण गरिरहेका छौं । यो क्रम निरन्तर चलिरहेको छ । चिसो नहट्दासम्म मागको आधारमा दाउरा वितरण हुन्छ,’ उनले भने । नगरपालिकाले मानिसहरुको भीड हुने स्थान, अस्पताल क्षेत्र, मन्दिर क्षेत्र, वृद्ध आश्रम लगायतका स्थानहरुमा दाउँरा वितरण गरिरहेको छ ।

     

    नगर क्षेत्रमा रहेका जेष्ठ नागरिक वृद्धवृद्धा,गर्भवती महिला, असक्त व्यक्ति तथा बालबालिका प्रभावित हुदै गएकाले कोहलपुर नगरपालिकाद्वारा बढी मानिस जमघट हुने स्थाने स्थानमा दाउर वितरण गरिएको हो । यस्तै मुख्य मुख्य चोक, धार्मिक स्थल, अस्पताल क्षेत्र , बढी सेवाग्राही हुने स्थान , जेष्ठ नागरिक आश्रम जस्ता स्थानमा दाउरा वितरण गर्ने र आगो बाल्ने कार्य भईरहेको हुंदा त्यस्ता समुहका प्रभावित व्यक्तिले दाउराको सम्बन्धित वडा र नगर प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

     

  • ३ माघ २०८०, बुधबार १५:५२ प्रकाशित

  • Nabintech