बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्षको निधन

  • नमस्ते कर्णाली

  • बाजुरा जिल्लाकाे  स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखी बिरामी भएकी जोशीको आज राती मृत्यु भएको हो । ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
    पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
    कांगेस बाजुराको नेतृ रहेकी जोशी जिल्ला समिति सदस्य थिइन् । यता गाउँपालिका अध्यक्ष भरत रोकायाले निधन प्रति दुःख व्यक्त गरेका छन् ।

  • ४ माघ २०८०, बिहीबार ०८:२३ प्रकाशित

  • Nabintech