‘कृषि क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन हुने अपेक्षा छ’

  • नमस्ते कर्णाली

  • प्रकाश बहादुर शाही
    अध्यक्ष
    बैजनाथ गाउँपालिका,बाँके
    आजबाट हाम्रो पालिकामा प्रथम बैजनाथ महोत्सव लाग्दैछ । वडा नम्बर ५ मा हुने महोत्सवको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक,लघु,घरेलु महिला उद्यमी,कृषि तथा प्रविधि प्रदर्शनी,व्यापार एवं पर्यटन महोत्सव–२०८०’ले बैजनाथको समृद्धिको यात्रामा भूमिका खेल्ने मैले विश्वास लिएको छु । महोत्सवमा गाउँपालिका संरक्षकको भूमिकामा रहेको छ ।

    महोत्सवमा हुने हरेक क्रियाकलापको गाउँपालिकाले अभिभावकीय भूमिकामा आफ्नो जिम्मेवारी वहन गर्नेछ । महोत्सवबाट बैजनाथमा उत्पादन भएका स्थानीय उत्पादन बजारीकरण हुने विश्वास लिएका छौं । गाउँपालिकाको प्रमुख लक्ष्यको रुपमा रहेको बैजनाथको समृद्धि यात्रामा यसको पनि भूमिका रहनेछ । हामीले कृषि शाखामार्फत स्टलहरु राख्दैछौ । गाउँपालिकाको सहयोगमा व्यवसाय गरिरहेका किसानहरुले आफ्ना उत्पादनहरुलाई स्टलका रुपमा राख्नेछन् । समग्रमा महोत्सव सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

     

     

  • १० माघ २०८०, बुधबार १२:१७ प्रकाशित

  • Nabintech