‘आम्दानीको रकम घरेलु व्यवसाय प्रवद्र्धनमा खर्च गर्नेछौ’

  • नमस्ते कर्णाली

  • दुर्गा बहादुर घिमिरे
    अध्यक्ष
    नेपाल घरेलु तथा साना उद्योग महासंघ,बैजनाथ
    हामीले बैजनाथमा पहिलोपटक महोत्सव आयोजना गर्दैछौ । यो हाम्रो पहिलो प्रयास हो । महोत्सव लगाउनुका हाम्रा धेरै उद्देश्य रहेका छन् । महासंघको संस्थागत विकास होस् भन्ने हो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने जमर्को राखेका छौं । महोत्सव सात दिनसम्म सञ्चालन हुनेछ । महोत्सवबाट भएको आम्दानीको २० प्रतिशत रकम बैजनाथमा रहेका घरेलु उद्योग तथा व्यवसाय उत्थानमा प्रयोग गरिनेछ । १० प्रतिशत बजेट हामी बैजनाथमा रहेका सर्वसाहारा, बेसाहारा, विपन्न तथा गरिबहरुको सहयोगमा खर्च गर्नेछौ । बचेको रकम महासंघको भवन निर्माणको लागि खर्च गरिनेछ । यो महोत्सव नाफा कमाउनको लागि होइन ।

     

    समाजिक कार्य गर्नको लागि हो । यहाँको संस्कृतिको विकास गर्नको लागि हो । यहाँका मौलिक संस्कृतिहरु झल्काउनका लागि हो । यस्तै उहाँका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि हो । घरेलु उत्पादन बजारीकरण गर्नको लागि हो । यतिमात्रै होइन समग्रमा बैजनाथलाई सबैमाझ चिनाउनको लागि हो । यसमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका उत्पादन स्टलका रुपमा रहनेछन् । बाँके जिल्लाका सम्पूर्ण पालिकाका स्टलसमेत रहनेछ । सबै बाँके बासीलाई महोत्सव अवलोकनका लागि अनुरोध गर्दछु ।

  • १० माघ २०८०, बुधबार १२:२१ प्रकाशित

  • Nabintech