‘स्थानीय र महिलाका उत्पादनला प्राथमिकता दिइनेछ’

  • नमस्ते कर्णाली

  •  

    मधु खड्का
    अध्यक्ष
    नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके
    पछिल्लो समय देशभर महोत्सव भइरहेका छन् । अधिकांश जिल्लामा महोत्सवलाई फेसनका रुपमा लिएको देखिन्छ । तर, बैजनाथमा हुन लागेको महोत्सव हरेक हिसाबमा महत्वपूर्ण छ । महोत्सवलाई मनोरञ्जनको लागि मात्रै प्रयोग गर्ने होइन । सामाजिक कार्यका लागिपनि महोत्सव गर्न सकिन्छ भन्ने सन्देश यो महोत्सवले दिनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

    यस्तै महिलाहरुद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्राथमिकता दिइनेछ । स्थानीय उत्पादन बजारीकरण सघाउ पुग्नेछ । प्लास्टिक निषेध गरिनेछ । फाइबल झोलालाई महोत्सवमा बजारीकरण गरिनेछ । बैजनाथमै उत्पादन भएका अचार,मह आदी स्टलमा राखिनेछ ।यो महोत्सवको उद्देश्य भवन बनाउने हो । बाँके जिल्लामा हामी आठ वटै पालिकामा फैलिएका छौ । हाम्रा आफ्नै संरचना छैनन् । कोहलपुर नगर समितिको मात्रै आफ्नै भवन रहेको छ । बैजनाथ महोत्सवबाट भएको आम्दानी हामीले भवन निर्माणमा प्रयोग गरिनेछ । आगामी वर्ष खजुरामा पनि महोत्सव लाग्नेछ ।

  • १० माघ २०८०, बुधबार १२:२३ प्रकाशित

  • Nabintech