‘महोत्सव स्थानीय उत्पादन बजारीकरणमा केन्द्रित हुनेछ’

  • नमस्ते कर्णाली

  •  

     

    उमेशप्रसाद सिंह
    केन्द्रिय अध्यक्ष
    नेपाल घरेलु तथा साना उद्योग महासंघ
    नेपालमा तीन तहका सरकार छन् । घरेलु महासंघ पनि केन्द्रदेखि स्थानीय निकायसम्म फैलिएको छ । हामी केन्द्रदेखि स्थानीय तह सम्म ३५८ पालिकामा छौ । देशभरका लघु घरेलु उद्योगको विकास हाम्रो उद्देश्य रहेको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । केन्द्रलेसमेत मेला लगाउँदै आएको छ । हरेक वर्ष काठमाडौंमा मेला हुन्छ ।

    मेलामा जिल्लाका उत्कृष्ट उद्यमीलाई पुरस्कृत गर्दै आएका छौ । महिलाका उत्पादनलाई विशेष प्राथमिकता दिने गरेका छौ । महिलालाई स्टलमा निःशुल्क प्रवेश गरिएको छ । यस्ता कार्यक्रमले उत्पादन बजारीकरणमा भूमिका खेल्छ । आर्थिक क्षेत्र देशको मेरूदण्डको रुपमा रहेको छ । बैजनाथ महासंघले आम्दानी सामाजिक क्षेत्रमा लगाउने भनेको छ । आफ्नै भवन बनाउने उद्देश्य रहेको छ । यो निकै राम्रो काम हो । म अध्यक्ष भएदेखि विभिन्न जिल्लामा जान्छु । त्यहाँका समस्या बुझ्ने गरेको छ ।

    अहिलेसम्म ४२ जिल्लामा पुगिसके । बाँके जिल्ला हाम्रो प्राथमिकतामा परेको जिल्ला हो । बैजनाथमा फेरि पनि म आएको छु । यहाँ धेरै राम्रो काम भएको छ । महोत्सवले यहाँको पर्यटन प्रर्वद्धनमा भूमिका खेल्ने मेरो विश्वास रहेको छ । महोत्सवले यहाँका मौलिक संस्कृति र स्थानीयष् उत्पादन बजारीकरणलाई प्राथमिकता देओस् । स्थानीय उत्पादनको अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ ।

     

  • १० माघ २०८०, बुधबार १२:२४ प्रकाशित

  • Nabintech