कन्वा तालको डीपीआर बनाउँदै बैजनाथ

  • नमस्ते कर्णाली

  • बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित कन्वा ताललाई सीमसार क्षेत्रको रुपमा विकास गरिने भएको छ । कन्वा तालको पर्यटन प्रवद्र्धनका लागि कन्वा ताललाई सीमसार क्षेत्रको रुपमा विकास गरिने भएको हो । ताललाई बाँके जिल्लाको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित गाउँपालिकाले सक्रियता बढाएको छ । ताल रत्न राजमार्गको कोहलपुर–सुर्खेत सडक अन्तर्गत बैजनाथ–३ मा पर्दछ । ताल ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको सीमसार क्षेत्रमा पर्ने ताललाई पर्यटकीय गन्तव्य रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ ।
    ताललाई प्रारम्भिक चरणमा व्यवस्थित गर्ने कार्य सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताए । मध्यवर्ती क्षेत्र र सामुदायिक वनसँगको समन्वयमा तालको कन्सेप्टमा विस्तार गर्ने योजना रहेको उनले बताए । गाउँपालिकाले सीमसार क्षेत्रको रुपमा विकास गर्न कार्ययोजना निर्माणको कार्य अघि बढाइएको अध्यक्ष शाहीको भनाइ छ । गाउँपालिकाले सीमसार क्षेत्रको रुपमा विकास गर्ने आधारहरुबो विषयमा सम्बन्धित निकायसँग छलफलसमेत गरिरहेको छ ।
    पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाको उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ । सीमसार क्षेत्रको विकास गर्नको लागि र स्वजरोगार सिर्जना गर्र्ने उद्देश्य रहेको छ । कन्वा ताललाई सीमसार क्षेत्र बनाउने, पर्यटन प्रवद्र्धन गर्ने र स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले डीपीआर गर्न लागेको अध्यक्ष शाहीले बताएका छन् । डीपीआरको लागि गाउँपालिकाले दश लाख रुपैयाँ विनियोजन गरेको छ । तालको विकास, बस्ने संरचना बनाउने र थप व्यवस्थित बनाउने उद्देश्यले बजेट विनियोजन गरिएको हो । ‘हामीले हिउँदे गाउँ सभामा निर्णय गरिसकेका छौं । केही समयपछि सूचना निकालिन्छ । एक÷दुई हप्तामा सूचना निकालिन्छ ।’ अध्यक्ष शाही भन्छन् ।
    बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरेको थियो । ताल संरक्षण समितिका संयोजक टोपबहादुर घर्तीका अनुसार तालसम्म पुग्ने बाटो निमार्ण ग्राभेलिङ र ताल वरिपरिको क्षेत्रमा माटो पटान, ड्याम निमार्ण तथा ताललाई चौडा बनाउने काम सकिएको छ । तालको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
    सीमसार क्षेत्रका रुपमा रहेको ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ताल वरिपरि पक्की पर्खाल, पार्क निमाण, पिकनिक स्पोट निमार्ण गरी तालको छेउछेउमा फलामे बेञ्चहरु निमार्ण गरी सजिलै ताल अवलोकन गर्ने र स्रोतको व्यवस्थापन भएसम्म मंसिर महिनाबाट तालमा बोटिङ सुरु गरिनेछ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कन्वा तालमा १४ वटा असना रुखसमेत छन् ।
    बाँकेको पर्यटकीय क्षेत्रका रुपमा विकसित भइरहेको गाभर भ्याली सँगै सो ताल पनि जोडिएका कारण पर्यापर्यटनमा सहयोग पुग्ने ताल संरक्षण समितिको भनाइ छ । कन्वा ताल बैजनाथको एतिहासिक पहिचानका रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्न अति आवश्यक रहेको वडा नम्बर ३ का वडा अध्यक्षले बताउनु भयो ।

  • २ फाल्गुन २०८०, बुधबार ११:४८ प्रकाशित

  • Nabintech