राष्ट्रपति रनिङ शिल्डमा कोहलपुरको दबदबा

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिकाले हरेक वर्ष हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता दबदबा कायम गरेको छ । जिल्लामा सम्पन्न १५ औँ जिल्ल स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको हो । १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिसमेत जित्न सफल भएको छ । यतिमात्रै होइन कोहलपुर लगातार तीनपटक उपाधि जित्ने किर्तिमानसमेत बनाएको छ ।
    यसअघि कोहलपुर नगरपालिकाले दुईपटक लगातार उपाधि जितेको थियो । लगातार तीनपटक उपाधि जितेर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिल्ड नै कब्जा गरेको छ । प्रतियोगितामा कोहलपुरले कूल ६६ स्वर्णपदक सर्वाधिक ३६ स्वर्णपदक जित्न सफल भएको छ । यस्तै ९ रजत र ५ कास्य पदक जित्न सफल भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
    प्रतियोगितामा राप्तीसोनारी गाउँपालिका दोस्रो र नेपालगन्ज उपमहानगर तेस्रो स्थान गर्न सफल भएका छन् । राप्ती सोनारीले १३ स्वर्ण,१७ रजत र २० कास्य पदक जितेको छ । यस्तै नेपालगन्जले ७ स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेको छ । प्रतियोगितामा जिल्लामा आठ वटै स्थानीय तह सहभागी थिए । उपाधि जितेपछि खुसी व्यक्त गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाको लगातारको विजयी यात्राले खेल क्षेत्रको विकास र सम्बृद्धिमा थप चुनौती र अवसर थपिएको महसुस बताएका छन् ।
    ‘यो जीतले खेलकुद क्षेत्रमा स्थानीय सरकारको लगानीको औचित्य समेत पुष्टि गरेको छ । आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि थप योजना र नीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दर्छौ,’ उनले भने । प्रतियोगितामा भाग लिएका विद्यार्थी खेलाडी, खेल शिक्षक, विद्यालय परिवार, जनप्रतिनिधि, खेलप्रेमी, समाजसेवी, कोहलपुर नगरबासी सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

  • २ फाल्गुन २०८०, बुधबार १२:०९ प्रकाशित

  • Nabintech